मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकर्ण विष्टको प्रष्टीकरण– शीर्ष नेतासँगको सल्लाहमा नै ओली पक्षसँग वार्ता गरेका हौं

गोकर्ण विष्टको प्रष्टीकरण– शीर्ष नेतासँगको सल्लाहमा नै ओली पक्षसँग वार्ता गरेका हौं

सत्तारूढ दल नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफ्नो समूहको नेतृत्वसँगको सल्लाहमा नै पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ता र छलफल गरेको प्रष्टीकरण दिएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– सत्तारूढ दल नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफ्नो समूहको नेतृत्वसँगको सल्लाहमा नै पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ता र छलफल गरेको प्रष्टीकरण दिएका छन्।

माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुले चार जना नेताहरुले केपी ओली पक्षसँग गरिरहेको वार्ताको विषयलाई लिएर आलोचना गरेपछि विष्टले शुक्रबार जारी बैठकमा यस्तो प्रष्टीकरण दिएका हुन्। आफ्नो पक्षमा सल्लाह र सहमतिमै वार्ता भइरहेको उनको भनाइ छ। 

‘पार्टी एकता र आन्दोलनको रक्षा हुन्छ भने किन इमान्दारिता पूर्वक प्रयास नगर्ने भनेर नै संवाद गरिएको हो,’ नेता विष्टको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले गरेको संवादलाई लिएर तपाईंहरुले शंका उपशंका गर्नु आवश्यक छैन। यसलाई कमजोर रुपमा बुझ्न हुँदैन।’

आफूहरुले ओली पक्षसँग कुनै स्वार्थ राख्नका लागि वार्ता नगरेको उनले प्रष्ट पारेका छन्। ‘म जहाँ छु त्यही नै छु। कुनै स्वार्थका लागि कसैसँग कुरा गरेको होइन्,’ उनले भने,‘पार्टी र आन्दोलन बचाउन सकिन्छ कि भन्ने उद्येश्य हो।’

खनाल–नेपाल समूहले बिहीबारदेखि सुरु गरेको भर्चुअल छलफलमा शुक्रबार केन्द्रीय सदस्यहरूले धारण राख्ने क्रम सकिएको छ। अहिले स्थायी कमिटीका नेताहरु बोल्ने क्रम जारी छ। त्यसपछि नेता माधवकुमार नेपालले निष्कर्ष सहित आफ्नो कुरा राख्ने बताइएको छ।

प्रकाशित: Jun 04, 2021| 09:18 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।