मंगलबार, असोज १३, २०८३

विश्वमा करिब ४० प्रतिशतले महँगियो खाद्यान्न

संयुक्त खाद्य संघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)ले विश्वमा एक वर्षमा खाद्यान्नको मूल्य करिब ४० प्रतिशतले बढेको जनाएको छ। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं - संयुक्त खाद्य संघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)ले विश्वमा एक वर्षमा खाद्यान्नको मूल्य करिब ४० प्रतिशतले बढेको जनाएको छ। 

एफएओले एक प्रतिवेदन सार्वजनिक गर्दै २०२० मे महिनाको तुलनामा २०२१ मे महिनामा खाद्यान्नको मूल्य ३९.७ प्रतिशतले बढेको जनाएको हो। यो वर्ष मे महिनामा खाद्य सूचकांक १२७.१ विन्दुमा पुगेको एफएओले उल्लेख गरेको छ। यही वर्ष अप्रिल महिनाको तुलनामा उक्त वृद्धि ४ प्रतिशत रहेको उल्लेख गरेको छ। 

एफएओले खाद्यान्न, वनस्पति तेल लगायतको मूल्य वृद्धिको आधारमा मूल्य वृद्धिको सूचक उल्लेख गरेको जनाएको छ। विश्वमा खाद्यान्न महँगो भएपछि आयात गरेर उपभोग गर्ने देशलाई घाटा लाग्छ। पछिल्लो समय नेपालमा वार्षिक अबौं रूपैयाँको खाद्यान्न आयात गर्दै आएको छ। 

चालु आर्थिक वर्षको १० महिनामा भारत लगायतका मुलुकबाट नेपालमा ६८ अर्ब  ६३ करोड रूपैयाँ बराबरको आयात व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्यांक छ।

प्रकाशित: Jun 04, 2021| 07:44 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्