मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुर महानगरको निर्णय, कोरोनाबाट निधन भएका परिवारलाई एक लाख रुपैयाँ सहयोग

ललितपुर महानगरको निर्णय, कोरोनाबाट निधन भएका परिवारलाई एक लाख रुपैयाँ सहयोग

ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट निधन भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट निधन भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। यस्तै आईसीयू र भेन्टिलेटरमा रही उपचार गरेर निको भएका व्यक्तिलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोरोना जितेका व्यक्तिलाई २५ हजार रुपैयाँ दिने निर्णय भएको महानगर प्रमुख चिरीबाबु महर्जनले शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए।

नगर प्रमुखको संयोजकत्वमा गठित महानगरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले कोरोनाका कारण ज्यान गुमाएका परिवार र कोरोना प्रभावितहरुका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यो सहयोग महानगरपालिकामा स्थायी बसोबास गरेका नागरिकका लागि प्रदान गरिनेछ।

महानगरपालिकाले सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनको पोषण पनुस्र्थापना गृहमा एचडीयू सहितको ५० शय्याको र बागडोलमा रहेको ज्यापू समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा एक सय १० शय्याको आइसोलेसन सेन्टर  सञ्चालन गरिरहेको छ।

यी आइसोलेसन सेन्टरमा मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खाजा र खानाको पनि निःशुल्क व्यवस्था गरिएको महर्जनले बताए। उनका अनुसार महानगरले प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको समेत व्यवस्था गरेको छ।
 

प्रकाशित: Jun 04, 2021| 08:57 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।