बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आफ्नै देशमा कोपा अमेरिका आयोजना हुँदा पनि खुसी छैनन् ब्राजिलका खेलाडी

आफ्नै देशमा कोपा अमेरिका आयोजना हुँदा पनि खुसी छैनन् ब्राजिलका खेलाडी

ब्राजिल राष्ट्रिय टिमका व्यवस्थापक टिटेले आफ्नै देशमा कोपा अमेरिका आयोजना भए पनि ब्राजिलका खेलाडी खुसी नरहेको बताएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं - ब्राजिल राष्ट्रिय टिमका व्यवस्थापक टिटेले आफ्नै देशमा कोपा अमेरिका आयोजना भए पनि ब्राजिलका खेलाडी खुसी नरहेको बताएका छन्।अर्जेन्टिना र कोलम्बियामा आयोजित प्रतियोगिता एक हप्ताअघि ब्राजिलमा सरे पनि खेलाडी खुसी हुन सकेका छैनन्।

यसको असर बिहीबार आयोजित पत्रकार सम्मेलनमा पनि देखियो। सम्मेलनमा ब्राजिलका कप्तान कासिमेरो उपस्थित थिएनन्। उनी उपस्थित हुने पूर्वजानकारी रहे पनि उनी सम्मेलनमा आएनन्।

प्रशिक्षक टिटेका अनुसार अहिले ब्राजिलका खेलाडी र फुटबल संघ अध्यक्ष रोजेरियो काबोक्लोसँग कुरा भइरहेको छ।

अर्जेन्टिना र कोलम्बियामा आयोजित प्रतियोगिता एक हप्ताअघि ब्राजिलमा आयोजना गर्ने निर्णय अस्वीकार गर्ने खेलाडीको मत छ। प्रतियोगिताको आयोजना ब्राजिलका अधिकारी र सरकारले यसअघि स्वीकृत गरिसकेको छ। दक्षिण अमेरिकी फुटबल महासंघ कनमबोलको सहयोगमा ब्राजिलले प्रतियोगिता आयोजना गरेको हो।

यता आयोजना रद्द गरेका कोलम्बिया राजनीतिक प्रतिकूलताबाट गुज्रिरहेको र अर्जेन्टिनामा कोभिड–१९ को संक्रमण बढेपछि प्रतियोगिता आयोजना गर्ने वातावरण बनेका थिएन।

तर, आयोजनालाई लिएर टिममा सौहार्दपूर्ण वातावरण बन्न नसक्दा कासिमेरो पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।  तर, प्रशिक्षक टिटेका अनुसार ब्राजिल इक्वेडरसँगको आउँदो खेलका लागि तयार छ। उसले विश्वकप छनोटका खेलअन्तर्गत आउँदो खेल इक्वेडरसँग खेल्दैछ।

‘मैले खेलाडीलाई इक्वेडरविरुद्धको खेलमा मात्र केन्द्रित हुन भनेको थिएँ,’ प्रशिक्षक टिटेले भने, ‘उनीहरूले मलाई अध्यक्ष काबोक्लोसँग कुरा गर्न अनुरोध गरे।’

‘त्यहाँ एकदमै सीधा वार्तालाप भयो। साथै खेलाडीको स्ट्यान्ड पनि स्पष्ट छ तर सबै कुरा त भन्न सक्दिनँ,’ उनले थपे, ‘हामी अहिलेको अवस्थालाई बुझ्छौं र यो कुरा अन्तर्राष्ट्रिय ब्रेकपछि खुलासा हुनेछ। उनीहरूले यो कुरा अध्यक्षलाई पनि भनेका छन् र उचित समय आएपछि समर्थकलाई भन्ने छन्।’

यस्तै कारणले कासिमेरो पत्रकार सम्मेलनमा नआएको बताए। तर, अहिलेकोे ब्राजिलको ध्यान चाहिँ इक्वेडरविरुद्धको खेलमा रहेको प्रशिक्षक टिटेले बताएका छन्।

कोपा अमेरिका ब्राजिलले आयोजना गर्ने भएपछि त्यहाँ केही समर्थकले सरकारविरोधी प्रदर्शन पनि गरेका छन्। ब्राजिलको अहिलेको आर्थिक र कोभिड १९ को महामारीको अवस्थालाई सम्झाउँदै प्रतिकूल अवस्थामा खेल आयोजना गरिएको भन्दै सरकारको विरोध भएको थियो।

तर, ब्राजिलका खेलाडीले भने प्रतियोगिताको विरुद्धमा रहेको बारे सार्वजनिक रुपमा जानकारी दिएका छैनन्। अब ब्राजिलले इक्वेडरविरुद्ध जुन १३ मा खेल्दै छ।

प्रकाशित: Jun 04, 2021| 08:04 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।