स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले कोरोना महामारीका कारण विदेशी विभिन्न मुलुकले विद्यार्थीलाई प्रवेशमा रोक लगाएकाले ति देशका विश्वविद्यालय र कलेजमा कुनै पनि किसिमका शुल्कहरु नपठाउन सूचित गरेको छ ।
वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मुलुकलाई स्थिर सरकार बनाउने अवस्था नदेखिएकोले रिट निवेदन खारेज गरेर मुलुक निर्वाचनमा जानु नै उत्तम विकल्प हुने राय दिएकी छन्।
‘कहाँ कुन अवस्थाबाट मलाई फोन गर्न भ्याई, त्यो मलाई पनि थाहा भएन, अचानक फोन डिस्कनेक्ट भयो,’ दिदी कविता भन्छिन्, ‘त्यसपछि कुनै नम्बरबाट कसैको कल आएन। न कसैले फिरौती रकम नै...
सरकारले देशका सबै आधारभूत विद्यालयमा इन्टरनेट पुर्याउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले कक्षा ८ सम्मका सबै विद्यालयमा इन्टरनेट पुर्याउने प्रक्रियास्वरुप विद्यालयहरुसँग सम्झौता गर्न थालेको हो।
म्यानमार सेनाको गोलीबाट २५ जनाको ज्यान गएको छ। प्रजातन्त्रको पुर्नबहालीको माग गरिरहेका सर्वसाधारणमाथि सेनाले गोली चलाउँदा दक्षिण एसियाली देशको मध्य भागमा २५ जनाको मृत्यु भएको अल्जाजिराले जनाएको छ।
देउवा पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यादेवी भण्डारीको हकमा मात्रै नभएर जुनसुकै राष्ट्रपतिका विषयमा पनि प्रश्न उठ्ने टिप्पणी गरेका थिए।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
'संविधान र कानुनभन्दा बाहिर गएर गरिएका काममा राष्ट्रपतिले उन्मुक्ति पाउन सक्ने अवस्था नै रहँदैन। संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यावदेवि भण्डारीको हकमा मात्रै होइन, जुन सुकै राष्ट्रपति भए पनि...
बाजुराको हिमाली गाउँपालिका–५ क्युडिकामा बस्ती भासिँदा ९९ परिवार विस्थापित भएका छन्। बस्तीमुनि खनिएको सडकका कारण कमजोर बनेको जमिन पानी पर्न थालेपछि भासिएको हो।