शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजीले भने, ओलीको प्रतिगमनको बाछिटा राष्ट्रियसभामा पनि देखियो

नारायणकाजीले भने, ओलीको प्रतिगमनको बाछिटा राष्ट्रियसभामा पनि देखियो

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको बाछिटा देखिएको बताएका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको बाछिटा देखिएको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन्। उनले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भूमिकाप्रति पनि आपत्ति जनाए। 

तिमिल्सना प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने हिसाबले मात्रै अघि बढिरहेको उनको भनाइ छ।  श्रेष्ठले भने, ‘सम्मानित राष्ट्रियसभाको अभिभावकको भूमिका स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्रै आफूलाई सोच्नुहुने छैन। राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाका पक्षमा आफूलाई उभ्याउनु हुनेछ।’ 

प्रकाशित: Jul 05, 2021| 09:15 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।