काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न पदाधिकारी, विभाग प्रमुखहरू र केन्द्रीय सदस्यको मनोनयन गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा रास्वपाले सहमहामन्त्रीमा पुरुषोत्तम यादवलाई मनोनित गरेको छ। त्यस्तै बैठकले पार्टीको प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ भने कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन्।
पार्टीका विभिन्न विभाग प्रमुखहरु पनि टुंगाएको छ। जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु र अर्थ विभागको प्रमुखमा लीमा अधिकारीलाई चयन गरिएको छ।
त्यस्तै बैठकले सुनिल लाम्साल, भूपदेव शाह, सुदन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम सुप्रभात यादव, मनोहर प्रधान, भक्तबहादुर राई बशुमाया तामाङ र सुरेन्द्र चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।