बिहीबार, भदौ ४, २०८३

महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्च जाँदै

 |  बिहीबार, भदौ ४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०८३

काठमाडौं। नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने भएको छ। 

हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो।

कांग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेको छ।

सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएको थियो। देउवा पक्षले शुक्रबार अदालतमा रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ।

प्रकाशित: Aug 20, 2026| 16:17 बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्