काठमाडौं– स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले कोरोना महामारीका कारण विदेशी विभिन्न मुलुकले विद्यार्थीलाई प्रवेशमा रोक लगाएकाले ति देशका विश्वविद्यालय र कलेजमा कुनै पनि किसिमका शुल्कहरु नपठाउन सूचित गरेको छ ।
फेकनले अष्टेलिया, जापान लगायतका देशहरुले विध्यार्थीहरुलाई प्रवेश नदिएको, हवाई सेवा सुचारु नभएको र नाका खुल्ने प्रष्ट योजना नदेखिएकाले कुनै पनि किसिमका शुल्कहरु नपठाउन अभिभावक र विद्यार्थीलाई सूचित गरेको हो ।
फेकनले विज्ञप्ति जारी गर्दैै कोरोना माहामारी र त्यसबाट सृजित जटिल परिस्थितिबाट भाषा शिक्षण कक्षा संचालन, भाषा परिक्षा, एनओसि, बायोमेट्रिक्स जस्ता आवश्यक गतिविधि गर्न असहजता भएको जनाएको छ ।
फेकनले सिमा नाका खुलेका र खुल्ने प्रस्ट योजना भएका मुलुकहरुमा मात्र भिषा प्रक्रिया अघि बढाउन अभिभावक, विद्यार्थी र परामर्शदातालाई आग्रह गरेको छ।