शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पाठकको राय– रिट खारेज गरेर निर्वाचनमा जाऔं

एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पाठकको राय– रिट खारेज गरेर निर्वाचनमा जाऔं

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मुलुकलाई स्थिर सरकार बनाउने अवस्था नदेखिएकोले रिट निवेदन खारेज गरेर मुलुक निर्वाचनमा जानु नै उत्तम विकल्प हुने राय दिएकी छन्। 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मुलुकलाई स्थिर सरकार बनाउने अवस्था नदेखिएकोले रिट निवेदन खारेज गरेर मुलुक निर्वाचनमा जानु नै उत्तम विकल्प हुने राय दिएकी छन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा एमिकस क्युरीको तर्फबाट राय व्यक्त गर्दै उनले भनिन्, ‘संविधान, कानुन र विभिन्न नजिरलाई आधार बनाएर हेरिनुपर्छ। त्यसले सहयोग नै पुग्छ यो मुद्दाको फैसला गर्दा। सविधानमा नै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको कामकारवाहीबारे प्रष्ट छ। विकल्पको खोजी गर्नुपर्ने र विकल्प हुँदासम्म संसद् विघटन नहुने भन्ने छ।’

एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने तर्क गर्दै उनले विश्वासको मत नलिने र राजीनामा पनि नदिएको अवस्थामा राष्ट्रपतिले राजीनामा माग्न सक्नुपर्ने बताइन्। 

दलकै विरुद्ध बाहिर गएर अर्को दललाई समर्थन गर्ने भनेको दलीय व्यवस्थाको सिद्धान्तविरुद्ध हुने उनको भनाइ छ। राष्ट्रपतिले ओली र देउवा दुवैको दाबी अस्वीकार गर्नु संविधानसम्मत् नै रहेको उनको जिकिर छ। ‘मुलुकलाई स्थिर सरकार बनाउने अवस्था नदेखिएकोले रिट निवेदन खारेज गरेर मुलुक निर्वाचनमा जानु नै उत्तम विकल्प हो। निर्वाचन अगाडि कोभिडको खोप दिएर निर्वाचनमा जानुपर्छ,’ पाठकले भनिन्।
 

प्रकाशित: Jul 05, 2021| 10:17 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।