शनिबार, भदौ ६, २०८३

सरकारविरुद्ध राष्ट्रियसभामा कालो टोपी प्रदर्शन

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गरेका छन्।

‘मैले यो सदनमा टोपी लगाएँ होला’, रायमाझीले सोमबार राष्ट्रियसभा बैठकमा भने, ‘आज क्याप लगाएर प्रवेश गरेको छु। सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरुद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु।’

उनले  झण्डाका  रूपमा सांकेतिक रूपमा सरकार  र प्रतिनिधिसभा विघटनविरूद्ध आवाज उठाएको बताए। उनी राष्ट्रियसभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट, कालो कोट लगाएर पुगेका थिए। रायमाझीले प्रतिनिधिसभा विघटनविरूद्ध लाखौं मान्छे कालो झन्डा बोकेर सडकमा निस्कने अवस्था रहेको पनि बताएका छन्।

प्रकाशित: Jul 05, 2021| 09:06 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।