शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयोग पदाधिकारीको नैतिकतामाथि बिनाआधार प्रश्न उठाउनु खेदपूर्ण : डा. गिरी

आयोग पदाधिकारीको नैतिकतामाथि बिनाआधार प्रश्न उठाउनु खेदपूर्ण : डा. गिरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका छन्। 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काटमाडौं– चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका छन्। 

शनिबार बिएण्डसी सञ्चालक प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. गिरीले मेडिकल कलेजलाई सम्बन्धन दिन व्यक्तिगत फाइदा लिन खोजेको आरोप लगाएका थिए। त्यसैलाई खण्डन गर्दै डा. गिरीले विज्ञप्ति जारी गरेका हुन्।

‘आयोगका पदाधिकारीप्रति लाञ्छना लगाउने, कपोलकल्पित र भ्रामक कुराहरू फैलाउने, आयोगका पदाधिकारीको योग्यता, कार्यक्षमता र नैतिकतामाथि अनावश्यक गैरआधार प्रश्न उठाएर प्रचारप्रसार गरी आयोगको कार्यलाई प्रभावित पार्न खोज्नु खेदपूर्ण छ,’ डा. गिरीले भनेका छन्।

चिकित्सा शिक्षाजस्तो संवेदनशील विषयमा दबाब र प्रभावमा कुनै निर्णय गर्न वा गराउन खोज्नु आफैंमा गैरकानुनी भएको डा. गिरीले जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘आयोग सक्षम प्राप्त जिम्मेवारी कानुनबमोजिम, प्रक्रिया पूरा गरी आएको बखत कानुनको अधिनमा रही आयोगले निष्पक्ष रूपमा अघि बढाई निर्णय गर्ने नै हुँदा आयोग र आयोगका पदाधिकारीहरूप्रति दवाब, प्रभाव र अफवाह फैलाउने कार्य आफैंमा दोषयुक्त देखिन्छ।’
 

प्रकाशित: Jul 05, 2021| 06:54 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।