शनिबार, भदौ ६, २०८३

सैन्य कारबाहीमा म्यानमारमा २५ सर्वसाधारण मारिए

म्यानमार सेनाको गोलीबाट २५ जनाको ज्यान गएको छ। प्रजातन्त्रको पुर्नबहालीको माग गरिरहेका सर्वसाधारणमाथि सेनाले गोली चलाउँदा दक्षिण एसियाली देशको मध्य भागमा २५ जनाको मृत्यु भएको अल्जाजिराले जनाएको छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- म्यानमार सेनाको गोलीबाट २५ जनाको ज्यान गएको छ। प्रजातन्त्रको पुर्नबहालीको माग गरिरहेका सर्वसाधारणमाथि सेनाले गोली चलाउँदा दक्षिण एसियाली देशको मध्य भागमा २५ जनाको मृत्यु भएको अल्जाजिराले जनाएको छ।

म्यानमारमा नेतृ आङसाङ सुकीलगायत प्रजातन्त्रबादी नेताहरूलाई बन्दी बनाई राखेर सेनाले सत्ता हातमा लिएपछि तनाव बढेको छ। 

प्रजातन्त्रको पुर्नबहाली तथा प्रजातन्त्र पक्षधर नेताको रिहाईका लागि म्यानमारका जनता दैनिक सडक आन्दोलनमा उत्रिरहेका छन्। उनीहरूले सैन्य गतिविधिको विरोध जनाइरहेका छन्।

म्यानमार सेनाका प्रवक्ताले घटनाबारे केही नबोलेको अल्जाजिराले जनाएको छ।

म्यानमारको सरकारी पत्रिका द स्टेट रन ग्लोबल न्यु लाइटले सशस्त्र आतंककारीले सेनामाथि आक्रमण गर्दा घटना घटेको दाबी गरेको छ।

नेतृ सुकिको पुर्नबहालीका लागि म्यानमारभर विरोध र प्रदर्शन भइरहेको छ। प्रदर्शनमा नागरिक समाज, डाक्टर, नर्ससमेत सहभागी भइरहेका छन्।

कतिपय क्षेत्रमा सैन्य शासनविरुद्ध लड्नका लागि सर्वसाधारणचले रक्षा बल गठन गरेका छन्। प्रजातन्त्र पक्षधर र जननिर्वाचित प्रतिनिधि आङसाङ सुकिलगायतको रिहाई हुनु पर्ने आदोलनकारीको माग छ।

स्थानीय पिपुल्स डिफेन्स फोर्सका युवाहरूले सैसिनक शासनविरुद्ध लड्नका लागि घरेलु हातहतियार प्रयोग गरिरहेका छन्।

प्रकाशित: Jul 05, 2021| 07:10 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।