शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले संविधानबाहिर गई काम गरे उन्मुक्ति पाउने अवस्था रहँदैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

राष्ट्रपतिले संविधानबाहिर गई काम गरे उन्मुक्ति पाउने अवस्था रहँदैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

'संविधान र कानुनभन्दा बाहिर गएर गरिएका काममा राष्ट्रपतिले उन्मुक्ति पाउन सक्ने अवस्था नै रहँदैन। संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यावदेवि भण्डारीको हकमा मात्रै होइन, जुन सुकै राष्ट्रपति भए पनि उन्मुक्ति पाउनु हुँदैन,' जवाफी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने। 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्ययसायीले राष्ट्रपतिलाई संविधान बाहिर गएर काम गर्ने छुट नहुने टिप्पणी गरेका छन्। सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा देउवा पक्षका वकिल वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस गर्दै यस्तो टिप्पणी गरेका हुन्। 

'संविधान र कानुनभन्दा बाहिर गएर गरिएका काममा राष्ट्रपतिले उन्मुक्ति पाउन सक्ने अवस्था नै रहँदैन। संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यादेवी भण्डारीको हकमा मात्रै होइन, जुनसुकै राष्ट्रपति भए पनि उन्मुक्ति पाउनु हुँदैन,' जवाफी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने। 

उनले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने १४६ जनाकै हस्ताक्षर जरुरी नभएकाले ५ जनाको नेताहरूको मात्र हस्ताक्षर भएको दाबी गरेका थिए। '१४७ जनाले त त्यहाँ सनाखत नै गरेको अवस्था छ नि,' उनले भनेका थिए। देउवासहित १४७ जनाले सर्वोच्च अदालतमा पुगी रिट निवेदन दर्ता गराएका थिए। 

'शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतको मात्रा यो रिट निवेदन होइन। जो-जो आए, हस्ताक्षर गरे। नआएकाले पनि वारेसनामामार्फत् हस्ताक्षर गरेका छन्,' उनको भनाइ थियो। 

प्रकाशित: Jul 05, 2021| 06:41 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।