शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणाको प्रश्न- एमालेको विकल्पमा सरकार बन्ने आधार के हो?

प्रधानन्यायाधीश राणाको प्रश्न- एमालेको विकल्पमा सरकार बन्ने आधार के हो?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा नेकपा एमालेको विकल्पमा सरकार बन्ने आधार के हो भनेर प्रश्न गरेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा नेकपा एमालेको विकल्पमा सरकार बन्ने आधार के हो भनेर प्रश्न गरेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई यो प्रश्न गरेका हुन्।

रिटकर्ताको तर्फबाट जवाफी बहसमा रहेका दाहाललाई राणाले सोधे, 'फागुन ११ मा वैकल्पिक सरकार बन्ने अवस्था रहन्छ भनेर नै संसद् पुनःस्थापन भयो। एमाले बाहेकको सरकार बन्ने अवस्था थियोे। अहिले देउवालाई प्रधानमन्त्री बनाउने विषयमा एमाले बाहेकको सरकार बन्न सक्ने अधार देखिएको हो र? एमालेको विकल्पमा सरकार बन्ने आधार के हो?'

जवाफमा दाहालले शेरबहादुरको दावीमा दलको कुरा उल्लेख नभएको भन्दै यो संविधान र संसद् बाँचोस् भनेर नै त्यसो गरिएको बताए। इजलासले संविधान बमोजिम काम भएको छैन भनेर प्रष्ट पारी दिनुपर्ने उनको भनाइ छ। '१४९ जनाको हस्ताक्षर छ कसैले मैले गरेको छैन भनेर भनेको अवस्था छैन। सांसदले स्वविेकीय अधिकार प्रयोग गर्दा निर्दलियता जन्मिने भन्ने हुँदैन,' उनले भने। 

राणाले अर्को प्रश्न गर्दै भने, 'धारा ७६ (५) प्रधानमन्त्री नियुक्तिका लागि मात्रै हो कि स्थायित्वका लागि हो? सरकार बन्नका लागि देउवाको जुन निवेदन तपाईहरुले दिनुभएको छ,त्यो हेर्दा संसदीय व्यवस्थालाई सार्थकता दिन्छ भन्ने लाग्छ तपाईहरुलाई?'

जवाफमा दाहालले संसद् विघटन नहोस्, स्थायित्व होस् भनेर नै धारा ७६ (५) को व्यवस्था संविधानमा राखिएको बताए।

प्रकाशित: Jul 05, 2021| 07:16 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।