बुधबार, असार २४, २०८३

टोक्यो ओलम्पिक खेल्न एलेक्स साह र प्रशिक्षक जापान प्रस्थान

टोक्यो ओलम्पिक २०२० मा सहभागी बन्न नेपाली पौडिवाज एलेक्स साह प्रशिक्षकसहित जापान प्रस्थान गरेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– टोक्यो ओलम्पिक २०२० मा सहभागी बन्न नेपाली पौडिवाज एलेक्स साह प्रशिक्षकसहित जापान प्रस्थान गरेका छन्। नेपाल ओलम्पिक कमिटिले हिजो आइतबार विदाई गरेको पौडी टोलीका एलेक्स (अलेक्जेन्डर) साहसँगै प्रशिक्षक शंकर कार्की आज सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

अब उनीहरू काठमाडौंबाट जापानको टौकोसिमा प्रान्तमा जानेछन्। नेपाली खेलाडीले केही समयको अभ्यासपछि आउँदो जुलाई २० मा ओलम्पिक भिलेजमा सहभागी बन्नेछन्।

पौडीतर्फ नेपालकी अर्की पौडीबाज गौरिका सिंह इंग्ल्यान्डमै रहेकाले उनी नेपाल नआईकनै जापान पुग्नेछिन्। विदाईका क्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको अभ्याससँगै अनुशासन र संयमता पनि महत्वपूर्ण हरेको बताएका छन्। उनले जापान जाने टिमलाई बधाई पनि दिएका थिए।

टोक्यो ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ। सो ओलम्पिकमा दुवै नेपाली खेलाडीले फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। गौरिकाले २०७६ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण जितेकी थिइन्।

पछिल्लो संस्करणको रियो ओलम्पिकमा सहभागीता जनाएकी १३ वर्षे गौरिका प्रतियोगिताको सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन्। टोक्यो ओलम्पिकका नेपालका शाह र सिंहसहित सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी पनि छन्

प्रकाशित: Jul 05, 2021| 10:25 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।