जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार रंगेली-५ स्थित आँपगाछी टोलकी २३ वर्षीया खुश्बु मण्डलले आफ्नै बच्चाको हत्या गर्न बाध्य भएकी हुन्।
कोभिडविरुद्धको खोप देउवा सरकारको पहिलो प्राथमिकतामा छ। त्यसो त निवर्तमान ओली सरकारले पनि खोपमा जोड दिँदै आएको थियो। अहिले पनि खोप अभियान चलिरहेको छ। आगामी कात्तिकसम्ममा एक तिहाइ जनसंख्यालाई कोभिड...
बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा अख्तियारले मुद्दा चलाएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको बयान सकिएर थुनछेक बहस सुरु भएको छ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्क वापतको रकम विद्यार्थी कल्याणकारी कोषमा राख्नुपर्ने बताएको छ।
कोरोना भाइरसविरुद्धको खोप बिक्री गरेको पाइए कारवाही गर्ने चेतावनी सरकारले दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेको पाइएमा कारबाही हुने जनाएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारीले माग पूरा गर्न नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई ४८ घण्टे अल्टिमेटम दिएका छन्।
अदालतको फैसलापछि नेपाल समूहको अभिव्यक्ति, मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि शपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिता र उनलाई बधाई दिएपछि ओली पक्ष क्रूद्ध बनेको उनी निकट एक नेता बताउँछन्।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षकलाई कुनै पनि निकायसँग समन्वय र सम्पर्क गर्दा होस् वा शिक्षक भ्रमणमा जाँदा होस् शिक्षकलाई सरकारले जारी गर्ने एकै खालको परिचयपत्र आवश्यक रहेको बताए।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामझामसहित बाहिरिएका छन्। ओली बुधबार मध्यान्ह बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।