काठमाडौं- पूर्वी चीनको सुजोउ सहरमा होटल भत्किँदा १७ जनाको मृत्यु भएको छ।
सुजोउ सहरमा रहेको सिजी कैयुआन होटमा रहेका २३ जनामध्ये ५ जनाको जिवीतै उद्दार गरिएको छ भने ५ जना घाइते भएको बीबीसीले जनाएको छ।
होटल भवन पुर्ननिर्माणको कार्य भइरहेको थियो। होटल सञ्चालकले सवैलाई सावधान रहन आग्रह गरेको प्रारम्भीक अनुसन्धाले देखाएको छ।
होटलको पूर्ननिर्माण गर्ने भनिएपछि तीन तला मात्रै सञ्चालनमा थिए। पुर्नर्निमार्ण गरिसकेपछि मात्रै पुरै होटल सञ्चालामा ल्याउने भनिएको थियो।
होटलमा ५४ कोठा रहेको बीबीसीले जनाएको छ। होटल भत्किनुको प्रमुख कारण कमजोर संरचना रहेको अनुमान गरिएको छ।