काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप बिक्री गरेको पाइए कारवाही गर्ने चेतावनी सरकारले दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेको पाइएमा कारबाही हुने जनाएको हो।
सरकारले नै खोपको व्यवस्था निःशुल्क गरिरहेको भन्दै मन्त्रालयले अवैध रूपमा बेच्ने र किनेर लगाउने गरेको पाइए कारवाही गरिने जनाएको छ।
मन्त्रालयले कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न पनि आग्रह गरेको छ।