शुक्रबार, भदौ ५, २०८३

अमेरिकामा सहकर्मीबाटै नेपालीको हत्या 

अमेरिकाको न्यूजर्सीस्थित बर्गेन काउन्टीमा एक नेपालीको गोली हानी हत्या भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

अमेरिकाको न्यूजर्सीस्थित बर्गेन काउन्टीमा एक नेपालीको गोली हानी हत्या भएको छ। नर्थजर्सी डटकमको समाचार अनुसार नजिकै ग्यास स्टेशनमा काम गर्ने ५६ वर्षिया फु छेवाङको हत्या भएको हो। छेवाङलाई उनकै सहकर्मी २३ वर्षिया मिलन घिमिरेले धेरै पटक गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

घिमिरेलाई न्युयोर्क पुलिस विभागको आपतकालीन सेवा इकाईले ब्रोंक्सबाट पक्राउ गरेको छ। उनलाई हत्यासँगै गैरकानुनी हिसाबले बन्दुक राखेको अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

खबर अनुसार घिमिरेले आफैं ९११ मा कल गरेर हत्याको जानकारी गराएका थिए । उनले भनेका थिए, ‘मैले कसैलाई गोली हानिदिएँ। थाहा छैन, उ मर्‍यो कि मरेन।’

हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jul 14, 2021| 07:49 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।