काठमाडौं- राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरूको पहिलो चरणको छनोटबाट १४ खेलाडी बाहिरिएका छन्।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजबाट थप प्रशिक्षणका लागि ३६ खेलाडीलाई स्थान दिएका छन्। उनले गएको असार ८ गते बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका थिए।
त्यसपछि एन्फाले जुलाई १ बाट बन्द प्रशिक्षणको तयारी गरेको थियो। पहिले केही खेलाडी र प्रशिक्षकमा कोभिडको संक्रमण देखिएपछि बन्द्र प्रशिक्षण चार दिन पछि सारिएको थियो।
प्रशिक्षण सुरु भएको १० दिनमा उनले पहिलो चरणको छनोट सम्पन्न गरेका हुन्। नेपालले आगामि सेम्टेम्बर अक्टोबरमा हुने साफ च्याम्पियनसिप र एएफसी एसिया कपको तेस्रो चरणको छनोटका लागि प्रशिक्षणमा छन्।
अहिले गोलकिपर विसाल सुनारसहित अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरभ बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का र प्रिजेन तामाङ बाहिरिएका छन्।
त्यस्तै, रवि पासवान, शेशेहाङ आङ्देम्बे, शिशिर लेखी र सुदिल राई पनि टिमबाट बाहिरिएका छन्।
यी हुन् बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा बोलाइएका खेलाडी
आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, इरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक वस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की रहेका छन्।
यस्तै कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, रन्जन गुरुङ, रन्जित धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पाशवान, रोहित चन्द, संजोक राई, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ रहेका छन्। यस्तै गोलकिपर अर्पण कार्की, किरणकुमार लिम्बू, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार रहेका छन्
यस्ता छन् अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडी
अहिले बन्द प्रशिक्षणमा गोलकिपर किरण कुमार लिम्बू, दिप कार्की, विकेश कुथू, विशाल श्रेष्ठ, अर्पण कार्की रहेका छन्।
खेलाडीहरूमा आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्क कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितीन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिव लोप्चन, रन्दिप पौडेल, रन्जित धिमाल, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङरहेका छन्।