बुधबार, असार २४, २०८३

एम्बाप्पे पीएसजीमै बसुन् भन्ने इच्छा छ : रामोस

पीएसजीका सेन्ट्रल डिफेन्डर सर्जियो रामोसले आगामी सिजनमा युवा खेलाडी केलियन एम्बाप्पे पीएसजीमै बस्ने विश्वास गरेको बताएका छन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– पीएसजीका सेन्ट्रल डिफेन्डर सर्जियो रामोसले आगामी सिजनमा युवा खेलाडी केलियन एम्बाप्पे पीएसजीमै बस्ने विश्वास गरेको बताएका छन्। यो सिजन पीएसजीमा अनुबन्ध भएका रामोसले सोमबारबाट पीएसजीको प्रशिक्षणमा सहभागी बनेका छन्।

उनी यसअघि स्पेनिस क्लब रियल मड्रिडमा हुँदा एम्बाप्पेलाई स्पेनिस क्लबमा भित्र्याउने बताएका थिए। तर उनी आफैं पीएसजीमा पुगेपछि उनले एम्बाप्पे फ्रेन्च क्लबमै रहने विश्वास व्यक्त गरेका हुन्।

‘म त्यस्तो भन्ने हिम्मत गर्दिनँ, त्यस्तो सायदै कसैले गर्ला। मेरो अनुभवका आधारमा म केही सुझाव पनि दिन चाहन्छु,’ रामोसले भिडियो प्रेस कन्फरेन्समा स्पेनिस मिडियासँग भनेका छन्, ‘म चाहन्छु उनी पीएसजीमै बसुन्। किनभने म विश्वका उत्कृष्ट खेलाडीसँग खेल्न चाहन्छु। उनी निकै युवा खेलाडी हुन्। यहाँ धेरै राम्रो टिम छ र यसलाई उत्कृष्ट खेलाडी चाहिन्छ।’

उनले थपे, ‘म यहाँ जितको स्पिरिट ल्याउन चाहन्छु र यदी मैले यो कुरा टिमलाई दिन सकेँ भने सफलता हात लाग्नेछ।’

३५ वर्षका खेलाडी रामोस रियलमा नै सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। क्बलबाट उनको बर्हिगमनले कतिलाई अचम्मित तुल्याएको थियो। तर उनले धेरै नसोचिकनै पीएसजीमा अनुबन्ध भए।

‘पछाडि हेर्नु जहिल्यै पनि गल्ती हुन्छ, म चुनौतिमा रमाउने मान्छे हुँ,’ उनले भने, ‘त्यसैले जहिल्यै पनि राम्रो टिम नै खेलाडीको प्राथमिकतामा पर्छ। र, उनीहरुले गर्ने व्यवहारले बाँकी कुरा निर्धारण गर्छ।’

उनले पीएसजीमा अनुबन्ध हुनु भनेको आफू सजिलो ठाउँमा खेल्नु भएको बताउँदै आफूले चालेको पाइलामा खुसी रहेको बताएका छन्। तर उनी रियल मड्रिडबाट टाढा गए पनि पछिल्लो क्लबसँग कहिल्यै विवादमा नआउने बताएका छन्।

उनले पूर्वक्लबविरुद्ध गोल गर्दा पनि उत्सव नमनाउने बताए। उनले क्लबमा भविष्यको चुनौतिहरुको स्वीकार गर्दै एम्बाप्पे मात्र नभई फरवार्ड लाइनमा अन्य स्टार खेलाडीहरु पनि रहेको बताएका छन्।

एक समयका निकट प्रतिद्वन्दी नेयमार पनि अब उनको फरवार्ड लाइनमा हुनेछन्। ‘म नेयमार र एम्बाप्पे दुवैसँग खेल्न उत्सहित छु,’ उनले भने।

प्रकाशित: Jul 14, 2021| 08:17 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।