शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमानले 'यो मेरो बच्चा होइन' भनेपछि खुश्बुले जन्मिनेबित्तिकै गरिन् छोरीको हत्या

श्रीमानले 'यो मेरो बच्चा होइन' भनेपछि खुश्बुले जन्मिनेबित्तिकै गरिन् छोरीको हत्या

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार रंगेली-५ स्थित आँपगाछी टोलकी २३ वर्षीया खुश्बु मण्डलले आफ्नै बच्चाको हत्या गर्न बाध्य भएकी हुन्। 
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- मोरङस्थित रंगेलीमा एक महिलाले आफ्नै कोखबाट जन्मिएको बच्चाको हत्या गरेकी छिन्। श्रीमानसँगको विवादपछि उनले जन्म दिएको एक घण्टामै ब्ल्याङ्केटले घाटी थिचेर छोरीका हत्या गरेकी हुन्। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रंगेली-५ स्थित आँपगाछी टोलकी २३ वर्षीया खुश्बु मण्डलले आफ्नै बच्चाको हत्या गर्न बाध्य भएकी हुन्। 

कसरी? डीएसपी श्रेष्ठ भन्छन्, 'प्रारम्भिक अनुसन्धानमा खुश्बुको 'अवैध सम्बन्ध' यसको कारण देखिन्छ।' 

यस्तो छ विस्तृत कथा 
केही वर्षदेखि खुश्बुका श्रीमान् २८ वर्षीय अरुण मण्डल वैदेशिक रोजगारका क्रममा मलेसियामा थिए। गत चैतमा उनी घर फर्किए। घर फर्कदा उनकी श्रीमती गर्भवती थिइन्। तर, त्यसबारे उनले पत्तो पाएन। 

जब पत्तो पाए त्यसपछि खुश्बु र उनीबीच विवाद उत्पन्न भयो। आइतबार दिउँसोतिर खुश्बुलाई व्यथाले च्याप्यो। घरमै छोरीलाई जन्म दिइन्। तर, घरमा खुशी छाएन, झन् ठूलो विवाद सिर्जना भयो। अरुणले खुश्बुलाई सन्तान अस्वीकार गर्ने धम्की दिए। 'म आएको तीन महिनामै कसरी छोरी जन्मिन्छ? यो मेरो छोरी होइन, म स्वीकार्दिनँ,' अरुणको यो धम्कीबीच खुश्बुले छोरीको हत्या गरेको डीएसपी श्रेष्ठले नेपाल समयसँग भने।

घटनालाई जति लुकाउन खोजेपनि छरछिमेकले बच्चा जन्मिएको सुइँको पाइहाले। त्यसैले भोलिपल्ट बच्चा गायब भएपछि हत्या गरिएको भन्दै गाउँभर हल्ला चल्यो। हल्ला प्रहरीको कानसम्म ठोक्कियो।

प्रहरीका अनुसार शिशुको हत्या दिउँसो गरिएपनि वरिपरि कसैले थाहा नपाउन् भने राति १ बजेतिर सुटुक्क गाँडिएको पाइयो। 'नजिकै रहेको चाँदनी चोकमा एउटा सानो टिनको छानोजस्तो घर रहेछ। त्यसमा मदिरा पसल पनि रहेछ। खुश्बु, खुश्बुका बुबाआमा र उनको श्रीमान् मिलेर शवलाई त्यहाँ लगेर गाँडेका रहेछन्,' डीएसपी श्रेष्ठले भने। प्रहरीका अनुसार शवलाई खुश्बुसहित उनका श्रीमान् अरुण, उनका बुबा नागेश्वर र आमा उर्मिलाले संयुक्त रुपमा खाल्डो खनेर गाँडेको पाइएको छ। 

घटनालाई जति लुकाउन खोजेपनि छरछिमेकले बच्चा जन्मिएको सुइँको पाइहाले। त्यसैले भोलिपल्ट बच्चा गायब भएपछि हत्या गरिएको भन्दै गाउँभर हल्ला चल्यो। हल्ला प्रहरीको कानसम्म ठोक्कियो। त्यसपछि खटिएको इलाका प्रहरी कार्यलय रंगेलीको टोलीले गाँडिएको शव फेला पारेको हो। 

प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा खुश्बुसहित उनकै ५० वर्षीय बुबा नागेश्वर मण्डल, ४८ वर्षीय आमा उर्मिला मण्डल र २८ वर्षीय श्रीमान अरुण मण्डललाई पक्राउ गरेको छ। उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थपी कर्तव्य ज्यान कसूरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ। खुश्बुको सम्बन्धबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। 

प्रकाशित: Jul 14, 2021| 10:10 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।