शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपालसँग ओली क्रूद्ध, १० बुँदे सहमति कार्यान्वयनमा अन्याेल

नेपालसँग ओली क्रूद्ध, १० बुँदे सहमति कार्यान्वयनमा अन्याेल

अदालतको फैसलापछि नेपाल समूहको अभिव्यक्ति, मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि शपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिता र उनलाई बधाई दिएपछि ओली पक्ष क्रूद्ध बनेको उनी निकट एक नेता बताउँछन्।
 |  बुधबार, असार ३०, २०७८

बीपी अनमोल

बीपी अनमोल

बुधबार, असार ३०, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालसँग क्रू्द्ध बनेका छन्। ओलीले मंगलबार सिंहदरबारबाट बिदा हुनुपूर्व गरेको सम्बोधनमा नेपालले अराजक र अपराध कर्म गरेको आरोप लगाएका थिए। एमालेकै सरकार ढालेर विपक्षीको सरकार बनाउन भूमिका खेलेको आरोप नेपाल पक्षमाथि छ। यस्तै एमाले सिध्याउन खोज्नेलाई पार्टीमा ल्याए पनि बलियो कम्युनिस्ट पार्टी नबन्ने बुझाइ ओली पक्षको छ। 

triton college

अदालतको फैसलापछि नेपाल समूहको अभिव्यक्ति, मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि शपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिता र उनलाई बधाई दिएपछि ओली पक्ष क्रूद्ध बनेको उनी निकट एक नेता बताउँछन्। सर्वोच्च अदालतको आदेशपछि ओली सत्ताबाट च्यूत भएका छन्। त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण दुई नेताबीच अब संवादको सम्भावना क्षीण देखिएको छ। अदालतको फैसला प्रभावित पारेर एमाले एक भएको देखाउन ओलीले कार्यदलबाट सहमति गराए पनि अदालतको फैसला आइसकेपछि सहमति कार्यान्वयनमा शंका उब्जिएको हो। 

ओली निकट एक नेता अब नेपालसँग संवादको सम्भावना  क्षीण रहेको बताउँछन्। ‘माधव नेपालसँग कुनै खालको संवाद र सहकार्य हुन सक्ने देखिन्न,’ उनले भने, ‘उहाँका पछिल्ला गतिविधिले झनै शंका पैदा गरिदिएको छ।’

कार्यदलको सहमति कार्यान्वयनमा लैजाने दायित्व ओली र नेपालकै हो। सहमतिपत्रबारे उनीहरुको औपचारिक धारणा आइसकेको छैन। दुई नेताबीच भेटवार्ता पनि भएको छैन। विकसित राजनीतिक घटनाक्रमले उनीहरुबीच तत्काल सहमति हुने देखिएको छैन। ओली निकट एक नेता अब नेपालसँग संवादको सम्भावना क्षीण रहेको बताउँछन्। ‘माधव नेपालसँग कुनै खालको संवाद र सहकार्य हुन सक्ने देखिन्न,’ उनले भने, ‘उहाँका पछिल्ला गतिविधिले झनै शंका पैदा गरिदिएको छ।’

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि अब उनलाई विश्वासको मत दिन पनि नेपाल पक्षले सहयोग गर्ने तयारी गरेको छ। नेता नेपाल निकट सांसद मेटमणि चौधरी सर्वोच्च अदालतले नै ७६(५) मा दलको ह्विप नलाग्ने र सांसद स्वतन्त्र हुने फैसला गरेको भन्दै संविधान र प्रतिनिधिसभा बचाउन आफूहरुले मत दिने बताएका छन्। 

corrent noodles
Metro Mart

ओली पक्षीय नेता सुवास नेम्बाङले एमालेमा एकता भइसकेकाले देउवाले विश्वासको मत नपाउने र अल्पमतमा पर्ने बताएका थिए। तर, उनले भनेझैं नेपाल पक्ष कार्यदलकै सहमतिका आधारमा अघि बढ्ला भन्ने देखिएको छैन।  एमाले केन्द्रीय सदस्य एवम् पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ पनि माधव नेपाल अब दसबुँदे सहमतिभित्र नपर्ने दाबी गर्छन्। ‘अब पर्छु भने पनि पर्दैनन्। उनका पछिल्ला गतिविधि जुन देखा परेका छन्,’ उनले भने, ‘उनका क्रियाकलाप अब कार्यकर्तालाई स्वीकार्य हुँदैन।’

नेता नेपाल अलग्गै बाटोमा अघि बढिसकेकाले पनि उनी एमाले हुन नचाहेको ओली पक्षको बुझाइ छ।  त्यसो त कार्यदलमा भएको सहमतिको विषयलाई लिएर नेपाल पक्ष पनि तीन समूहमा विभाजित छ।  ‘एमालेलाई यो तहसम्म ल्याउन मुख्य भूमिका अध्यक्ष ओलीकै छ। तर, त्यो भनिरहँदा नेता नेपाललाई उन्मुक्ति दिने ठाउँ पनि छैन,’ नेपाल निकटका एक नेता भन्छन्, ‘एमालेकै सरकार ढालेर विपक्षीको सरकार बनाउन भूमिका खेल्ने मानिस र ओली एकै ठाउँमा अब कसरी रहलान्?’

नेपाल निकट सांसद एवम् केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ कार्यदलले गरेको सहमतिअनुसार पार्टी अध्यक्ष ओलीले त्यसलाई कसरी लिन्छन् त्यसमा भर पर्ने बताउँछन्।

ओलीले अबको रणनीति कसरी अघि बढाउँछन् भन्नेमा नै एमाले एक हुन्छ वा हुँदैन भन्ने देखाउने नेताहरुको बुझाइ छ। नेपाल निकट सांसद एवम् केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ कार्यदलले गरेको सहमतिअनुसार पार्टी अध्यक्ष ओलीले त्यसलाई कसरी लिन्छन् त्यसमा भर पर्ने बताउँछन्। ‘पार्टीभित्रको आन्तरिक एकतालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा दुई नेता बसेर काम गर्नुपर्ने हुन्छ,’ उनले भने।आइतबार भएको सहमतिलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर अनुमोदन गर्ने निर्णय भएको थियो। सांसद मेटमणि चौधरी ओली नसच्चिए सरकारले अध्यादेश ल्याउने र अर्को पार्टी गठन हुने दाबी गर्छन्। 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ अब एमाले एकताबद्ध भएर अघि बढ्छ वा के हुन्छ भन्ने अवस्था ओली र नेपालका गतिविधिले प्रस्ट हुने बताउँछन्। ‘अहिले केही भन्न सकिन्न त्यो नेपालमा भर पर्ने कुरा हो,’ उनले भने, ‘नेपाल आफ्नो अडानमा रहे कार्यान्वयन हुन्न। अडेनन् भने ओलीको पछि लाग्नुपर्ने हुन्छ।’ ओलीले पनि नेपाललाई त्यति सहजै माफ गर्लान् भन्ने अवस्था नरहेको उनको बुझाइ छ। ‘ओलीले देउवाको सरकार बन्न नदिन खोजेका थिए। त्यो हुन सकेन’, श्रेष्ठले भने, ‘कार्यदलकै मानिस हस्ताक्षर गर्नेमा थिए। अब के हुन्छ भन्ने कुरा खुल्न बाँकी छ।’

प्रकाशित: Jul 14, 2021| 07:37 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।