सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हरिद्वार कृषि सहकारीमा फेरि दाहाल

 |  सोमबार, मंसिर १०, २०८१
nespernesper

सन्तोष गुप्ता

सन्तोष गुप्ता

सोमबार, मंसिर १०, २०८१

सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ स्थित हरिद्वार कृषि सहकारी संस्थाको कार्यसमितिको अध्यक्षमा लोकबहादुर दाहाल पुनः निर्वाचित भएका छन्।

triton college

सोमबार सम्पन्न १० औं साधारणसभा र ४ औं अधिवेशनमा दाहाल लगायत संस्थाका अन्य साविक पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। सात सदस्यीय समितिको उपाध्यक्षमा प्रविना राउत र सदस्यहरुमा कर्णबहादुर र शकुन्तला बस्नेत, मगीलाल तामाङ, कमला मगर, राजन आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक ज्ञान बहादुर पाण्डेले बताएका छन्।

समितिको लेखा परीक्षण समितिको संयोजकमा साविककै कृष्ण भण्डारी र सदस्यहरु धन बहादुर राई र मीरा दर्जी रहेको पाण्डेले बताए।

कार्यक्रममा अध्यक्ष दाहालले आर्थिक वर्ष २०८०/८१ मा संस्थाले २ करोड ५८ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ आम्दानी र १ करोड ९६ लाख  ४ हजार ८ सय ७० रुपैयाँ बचत संकलन गरेको बताए।  ६२ लाख ५९ हजार ८ सय ४२ रुपैयाँ ऋण लगानी गरिएको अध्यक्ष दाहालले बताए। अध्यक्ष दाहालले  २ करोड २५ लाख ९५ हजार ३ सय ९२ रुपैयाँ २६ पैसाको पुंजी तथा दायित्व तथा सम्पत्तीको वित्तीय विवरण प्रस्तुत गरे। 

कार्यक्रममा प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका आर्थिक तथा सहकारी शाखा प्रमुख मातृका तिवारीले र बिशिष्ठ अतिथि द्वय नगरपालिकाको पशुसेवा शाखा प्रमुख बिमल अधिकारी र कृषि विकास शाखा प्रमुख तुलसी लिम्बूले एकल महिला सदस्य अम्बिका देवि भन्डारी र दिवंगत सदस्यहरु वासुदेव, किताब सिंह र शंकरमान राई, संचारकर्मीहरु हिमाल राई, गोपाल दाहाल, भविन राउत, भीषण राई र प्रचार सहयोगि बिश्व राईलाई नगद १ हजार ५ रुपैयाँ सहित सम्मानपत्रले सम्मानित गरिएको लेखा समिति संयोजक कृष्ण भण्डारीले बताए।

Metro Mart
vianet

हरिद्वार कृषि सहकारीले नगरपालिकाको वडा २ मा बेसार उद्योग समेत सञ्चालन गरेको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न स्थापना संचालन गरिएको बेसार फ्याक्ट्रीले देशका विभिन्न स्थान र अमेरिकामा धुलो र गोटा हर्दी निर्यात गरिरहेको छ। संस्थामा वडा १ को चावचा, सुर्यकुन्ड बागदाल वारि लगायत स्थानमा सयौं हेक्टर जमिनमा हर्दी र अदुवा खेती गर्ने ४ सय १९ कृषक सदस्य रहेका छन्।

प्रकाशित: Nov 25, 2024| 19:35 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्