सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकद्वारा ३० करोड थान सिक्काको लागि बोलपत्र आह्वान

राष्ट्र बैंकद्वारा ३० करोड थान सिक्काको लागि बोलपत्र आह्वान

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ अंकित मूल्यका ३० करोड थान चलनचल्तीका सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो।

बैंकले सोमबार प्रकाशित गरेको सूचनाअनुसार सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसहितका कामका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक चरण र खामबन्दी प्रक्रियाबाट बोलपत्र आह्वान गरिएको छ।

पूर्वयोग्य बोलपत्रदाताले बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ गतेसम्म कार्यालय समयमा खरिद गर्न सक्नेछन्। बोलपत्रसम्बन्धी पूर्वबैठक असोज ३० गते दिउँसो १२ बजे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुने जनाइएको छ।

बोलपत्र कात्तिक १८ गते दिउँसो १२ बजेसम्म बुझाउनुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ। बोलपत्रसँग न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने पूर्ण अधिकार आफूसँग सुरक्षित रहेको जनाएको छ। सिक्का उत्पादन तथा आपूर्तिका लागि छनोट हुने कम्पनीले सम्झौताअनुसार ३० करोड थान दुई रुपैयाँका सिक्का उपलब्ध गराउनुपर्नेछ।

प्रकाशित: Oct 05, 2026| 11:21 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्