सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान् नियन्त्रणमा

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान् नियन्त्रणमा

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

जनकपुर- जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ।

स्थानीय बिनोद दासकी पत्नी २० वर्षिया प्रियंका दासको शव उनकै घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्क दासको आफन्तका अनुसार आईतबार बेलुकी ६ः५० बजे प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि उनको श्रीमान बिनोदले पासो खोली मृत्कको शवलाई ओछ्यानमा राखेका थिए। 

उत्त घटनाको जानकारी हुनासाथ प्रहरी चौकी कपिलेश्वरको टोली सो स्थानमा पुगेर शवलाई सुरक्षा दिएको थियो। अबेर रातीसम्म स्थानीयवासीले उक्त घरअगाडि प्रहरी प्रशासनको विरोध गरेका थिए। उनीहरुले मृत्क दासको हत्या भएको भन्दै विरोध गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अहिलेसम्म शवको मुचुल्का उठाइएको छैन। प्रारम्भिक सोधपुछका निम्ति मृत्कको श्रीमान विनोदलाई जिल्ल प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ। आजै केही बेरमा मुचुल्का उठाएर शव पोस्टमार्टका लागि पठाइने धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 05, 2026| 09:08 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्