काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली आज हुने नेपाली काँग्रेसको १५औं महाधिवेशनमा सहभागी नहुने भएका छन्।
खुलामञ्चमा आज अपराहन्न हुने काँग्रेसको महाधिवेशनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।
काँग्रेसको महाधिवेशनमा शुभकामना दिन रास्वपा सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रमसंस्कृतिका आरेन राईलगायत सहभागी हुने भएका छन्।
काँग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्ता गरेपनि उनी उपस्थित नहुने भएका छन्। काँग्रेसको परम्परामा सभापतिले नै उद्घाटन गर्ने रहेकाले सभापति गगन थापाले नै महाधिवेशन उद्घाटन गर्ने बताइएको छ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ।