सोमबार, असोज १९, २०८३

तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ।

हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक देखि साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली भू-भागमा साथै देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।

त्यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साथै कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भू-भागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा  तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।

प्रकाशित: Oct 05, 2026| 06:13 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्