सोमबार, असोज १९, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ।
 
सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए।
 
घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Oct 05, 2026| 06:38 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्