नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना ६ स्थित नौ किलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको हो।
चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो।