सोमबार, असोज १९, २०८३

प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्।

बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतमा रहनेछन्। भ्रमणका क्रममा दुई देशका सेनाबीचको आपसी सम्बन्ध र सैनिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।

प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए। नेपाली सेनाले भ्रमणले लामो समयदेखि कायम नेपाल–बेलायत सैनिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Oct 05, 2026| 12:44 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्