सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङको निसीखोलामा ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

बागलुङको निसीखोलामा ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ। घटनामा एक मजदुर गम्भीर घाइते भएका छन्।

आज बिहान झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो। लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेको अवस्थामा ढिस्को खस्दा सडक निर्माणमा खटिएका मजदुरहरू पुरिएका हुन्।

घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ। उनीहरू दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला पारिएको थियो। त्यस्तै, घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ। सडक स्तरोन्नतिका क्रममा अचानक माटोको ढिस्को खसेपछि दुर्घटना भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित: Oct 05, 2026| 11:20 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्