सोमबार, असोज १९, २०८३

भोटेकोशी बाढी अपडेट: १ हजार ४५७ जनाको शव फेला

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ। 

जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५५ जनाको शव फेला परेको हो। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।   

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३६ र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४ सय १३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ४ सय ३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

प्रकाशित: Oct 05, 2026| 14:13 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्