शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालीगण्डकी डाइभर्सन रोेक्न सर्वोच्चको अन्तरिम आदेश

कालीगण्डकी डाइभर्सन रोेक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कालीगण्डकी नदीकोे प्राकृतिक बहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– सर्वोच्च अदालतले कालीगण्डकी नदीकोे प्राकृतिक बहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक बहावलाई डाइर्भसन गरी रिजरभ्वायर बनाउने, प्रदूषित गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्राम चोरी निकासी तथा विनास गर्ने लगायत प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएकोे हो।

सरकारले कालीगण्डकी नदी डाइर्भसन आयोजना अघि बढाएपछि वातावरण संरक्षणकर्मी तथा कानुन व्यवसायीले नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए।

उक्त रिटमाथि सुनवाई गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक पर्यावरणीय महत्व बोकेकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नदीकोे बहाव रोेक्ने र पर्यावरणमा प्रतिकूल असर पुग्ने काम गनर्न अन्तरिम आदेश दिएको हो।

रिट निवेदक वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माकोे रिटमा सुनुवाई गर्दै अदालतले यस्तोे आदेश दिएको हो। शर्माले असार २५ गते रिट दायर गरेका थिए।

प्रकाशित: Jul 14, 2021| 09:18 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।