काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमको थानकोट डिपो अगाडि धर्ना दिएका छन्।
विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता नभए देशभरका पेट्रोल पम्प, ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने चेतावनीस्वरुप निगमको थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालयअगाडि धर्ना दिएका हुन्।
गत आसार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीचको वार्ता निश्कर्षविहीन भएपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार आयल निगम अगाडि धर्ना दिएकोे अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। उनले भने, ‘मूल्यवृद्धि फिर्ता नभएसम्म चरणबद्ध आन्दोनका कार्यक्रम जारी राख्छौं।’
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं गरी पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गरेका हुन्।