आइतबार, चैत ८, २०८२

विदेश जाने विद्यार्थीसँग लिइने शिक्षा सेवा शुल्क कल्याणकारी कोषमा राख्न ईक्यानको माग

नेपाल शैक्षिक परामर्श संघ इक्यानले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्क वापतको रकम विद्यार्थी कल्याणकारी कोषमा राख्नुपर्ने बताएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ इक्यानले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्क वापतको रकम विद्यार्थी कल्याणकारी कोषमा राख्नुपर्ने बताएको छ।

National life

सरकारले विदेश अध्ययनमा जाने विद्यार्थीसँग उठाउने गरेको दुई प्रतिशत शिक्षा सेवा शुल्क सरोकारवालाको हितमा प्रयोग नभएको र शुल्क बुझाएर पनि विदेश जान नपाएका विद्यार्थीको शुल्क फिर्ता गर्नुपर्ने ईक्यानले विज्ञप्ति मार्फत जनाएको हो।

सरकारले यस्तो शुल्कको उचित व्यवस्थापन गरी विदेश अध्ययनमा गएर समस्यामा पर्ने विद्यार्थीको हितमा प्रयोग गर्न इक्यानले सुझाव दिएको छ। उच्च शिक्षा प्राप्त गर्न विदेशी शैक्षिक संस्थामा पुगेका नेपाली विद्यार्थीले विदेशमा विभिन्न दुर्घटनामा पर्ने, भर्ना लिएको शैक्षिक संस्थामा समस्या हुने, बुझाएको शुल्क असुरक्षित हुने, शारीरिक तथा मानसिक दुर्घटना जस्ता समस्याबाट ग्रस्त नेपाली विद्यार्थीलाई सो कोषबाट खर्च गर्ने गरी कार्यविधि बनाउनु पर्ने इक्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल सरकारले आव २०७८–०७९ बाट विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीहरुको हकमा उनिहरुले शिक्षा सेवा शुल्क बापत बुझाएको रकम फिर्ता दिने आर्थिक अध्यादेश २०७८ को दफा ८ मा उल्लेख गरेको छ। शिक्षा सेवा शुल्क वापत रकम बुझाएपनि सबै विद्यार्थीले भिसा नपाउने भएकाले विद्यार्थीलाई सो रकम सरकारले फिर्ता गर्नु पर्ने भएको हो।

प्रकाशित: Jul 14, 2021| 08:16 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्