शुक्रबार, भदौ ५, २०८३

आफ्नो छोेरी नभएको भन्दै मोरङमा नवजात शिशुको हत्या

आफ्नो छोेरी नभएको भन्दै मोेरङमा एक दम्पतीले नवजात शिशुको हत्या गरेका छन्। मोेरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलमा नवजात शिशुको हत्या भएको हो।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– आफ्नो छोेरी नभएको भन्दै मोेरङमा एक दम्पतीले नवजात शिशुको हत्या गरेका छन्। मोेरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलमा नवजात शिशुको हत्या भएको हो।

‘आफू विदेशमा हुँदा श्रीमती गर्भवती भएको र जन्मेको सन्तान आफ्नोे नभएकोे भन्दै नवजात शिशुको हत्या गरेकोे देखिएकोे छ,’ मोेरङ जिल्ला प्रहरी कार्यालयले भनेको छ। आइतबार खुश्वु मण्डलको कोेखबाट छोरी जन्मेकी थिइन्।

जन्मेपछि बाबुआमाले नै ब्ल्याङ्केटले घाँटी थिचेर शिशुको हत्या गरेको प्रहरीले बताएको छ। शिशुकोे हत्या गरेपछि उनीहरुले रंंगेली नगरपालिका–५ चाँदनी चोकमा आफैंले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डोे खनी गाडेको प्रहरीले जनाएको छ।

प्रहरीले आमा खुश्वु मण्डलसहित चार जनालाई पक्राउ गरेकोे छ। पक्राउ पर्नेहरुमा २५ वर्षीया खुश्बु, उनका बुवा ५० वर्षीया नागेश्वर मण्डल, ४८ वर्षीया आमा उर्मिला मण्डल र खुश्बुका श्रीमान् २८ वर्षिय अरुण मण्डल छन्।

अरुण मण्डल विदेश रहेको समयमा खुश्वुकोे गर्भ बसेको भन्दै मण्डलसहित सबैको मिलेमतोमा नवजात शिशुको हत्या गरिएको प्रहरीको जनाएको छ। प्रहरीले पक्राउ परेका सबैलाई अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका चारै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको छ। 

प्रकाशित: Jul 14, 2021| 08:27 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।