आइतबार राति दुबईमा भने केही फरक देख्न पाइनेछ। जहाँ दुई पुराना स्कुरले साथी स्टोइनिस र मिचेल विश्वकप फाइनलमा भिड्दै हुनेछन् भने अस्ट्रेलिया टिमको प्रशिक्षक बनेर ल्याङगर खेल हेरिरहेका हुनेछन्।
क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ। जिल्लामा १३ स्थानीय तह र १२६ वडा रहेका छन्।
फिफा विश्व वरियताको एक नम्बरमा रहेको बेल्जियमले अर्को वर्ष हुने कतार विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो।
अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा फ्रान्सले समूह चरणमा स्थान पक्का गरेको छ। शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै फ्रान्सले कतारको यात्रा तय गरेको हो।
स्वास्थ्यमा समस्या देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। एक्कासि रक्तचाप उच्च भएपछि उनी शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।
हाम्रो लोकतन्त्र भनेकै नेताले छाँटेको उर्दी तिनका कार्यकर्ताले सेवकजसरी र जनताले प्रजाजसरी शिरोधार्य गर्ने हो। अनि किन गर्दैनन् त नेताले एमसीसीसँग सोझै पत्राचार?
सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङको भनाइ छ। सबै कुराको दोष संविधानलाई दिन नहुने धारणा राख्दै उनले भने, 'राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको हो।'