बुधबार, भदौ ३, २०८३

ग्वार्को चोकमा दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौंको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- काठमाडौंको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा स्कुटर चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

स्कुटर अनियन्त्रित भएर आफैं पल्टियो वा अन्य गाडीले ठक्कर दियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 14, 2021| 09:04 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।