शुक्रबार, भदौ ५, २०८३

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : सुवास नेम्वाङ

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङको भनाइ छ। सबै कुराको दोष संविधानलाई दिन नहुने धारणा राख्दै उनले भने, 'राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको हो।'
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

झापा- नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताएका हुन्। 

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङको भनाइ छ। सबै कुराको दोष संविधानलाई दिन नहुने धारणा राख्दै उनले भने, 'राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको हो।'

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरेका थिए। सहकारी अभियानमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दै आएको छ। 

प्रकाशित: Nov 13, 2021| 21:30 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...