शुक्रबार, भदौ ५, २०८३

कांग्रेस क्षेत्रीय प्रतिनिधिमा धनगढीका तीन पत्रकार निर्वाचित

धनगढी उपमहानगरपालिकाका दुई वडाबाट तीन जना पत्रकार नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

धनगढी- धनगढी उपमहानगरपालिकाका दुई वडाबाट तीन जना पत्रकार नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्। 

उपमहानगरपालिकाको वडा नम्बर १ र ६ बाट तीन जना पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिएका हुन्।

वडा नम्बर १ बाट सुदूरपश्चिमका पुराना पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद वागचन चुनावी प्रक्रियाबाट निर्वाचित भएका हुन्। वडा नम्बर ६ बाट नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा निर्विरोध निर्वाचित भएका हुन्।

पत्रकार स्वाँरले २६८ र वागचनले २१७ मत पाएर निर्वाचित भएका हुन्। वडा नम्बर १ मा १४ जना प्रतिनिधिका लागि चुनाव भएको थियो।

प्रतिनिधिमा विजयी हुनेमा वडा अध्यक्ष सन्तोष मुडभरी २८९, धानसिंह धामी २८०, धर्मराज उपाध्याय २७१, गोपालसिंह खड्का २६२, रुपबहादुर खड्का २५५, महादेव सोव २४८, प्रकाशजंग स्वाँर २४७, अमृत बिसी २४५, गणेशदेव पार्की २४२, तपेन्द्रकुमार भुल २३९, मोहन साउँद २३७ र शेरबहादुर मल्लले २१४ छन्।

क्षेत्रीय प्रतिनिधिमा छानिएका अमृत बिसी जिल्ला कार्य समिति सचिव पदका उम्मेदवारसमेत हुन्।

सो वडामा प्रकाशसिंह विष्ट ३२ सदस्यीय वडा समिति सहित सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए। यस्तै गरेर महिला, दलित, खस आर्य लगायतका आरक्षित सिटमा पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका थिए। 

४१५ मतदाता रहेको सो वडामा ३४७ मत खसेकोमा २६ मत बदर भएको थियो।

प्रकाशित: Nov 14, 2021| 09:56 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...