मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : सर्वोच्चमा तनाव कायमै, क्रिकेट विश्वकपमा अस्ट्रेलिया–न्युजिल्यान्ड भिडन्त

बिहानी समाचार : सर्वोच्चमा तनाव कायमै, क्रिकेट विश्वकपमा अस्ट्रेलिया–न्युजिल्यान्ड भिडन्त

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई आजबाट देशव्यापी बनाएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई आजबाट देशव्यापी बनाएको छ। 

आजदेखि जिल्ला तथा इकाइहरू पनि आन्दोलनमा उत्रिएका छन्। जसअनुसार उपत्यका र काभ्रेका सबै इकाइका कानुन व्यवसायीले कालोपट्टी बाँधेर काम गर्दैछन्। काभ्रे र उपत्यकाका तीनै जिल्लाका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा जारी धर्ना कार्यक्रममा सहभागी भएको नेपाल बार एसोसियशनका महासचिव लिलामणी पौडेलले जानकारी दिए। आज काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतहरूमा १२ बजेसम्म मुद्दा सुनुवाइ नहुने भएको छ। 

नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले अहिले सर्वोच्च अदालतका दुवै ढोकामा धर्ना दिएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने उद्धेश्यका साथ उनीहरु धर्नामा बसेका हुन्। शुक्रबार मूल गेटमा धर्ना दिँदा अर्कै बाटोबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेपछि आज कानुन व्यवसायीहरुले दुबै गेटमा धर्ना दिएको नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौडेलले जानकारी दिए। अहिले करिब एक हजारको संख्यामा कानुन व्यवसायीहरु नाराबाजी सहित सर्वोच्चको गेटमा धर्नामा बसेको उनले बताए। 

कांग्रेस केन्द्रीय समिति बैैठक १ बजे 

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्ने भएको छ। हिजोको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो। कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ।

बैठकले महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने नेताहरुले बताएका छन्। राजनीतिक प्रतिवेदन, मूल व्यवस्थापन, खाना तथा आवास, प्रचार, मञ्च व्यवस्थापन, यातायात व्यवस्थापन लगायतका समिति गठन गर्ने कांग्रेसको तयारी छ। 

कार दुर्घटनामा चारको मृत्यु

रौतहटको झुनखुनवा चोकमा कार दुर्घटनामा हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ। 

शनिबार राति चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ गइरहेको यु.के.१२ सी २९०० नम्बरको कार सडकबाट करिब २० मिटर तल पोखरीमा खस्दा ४ जनाको मृत्यु भएको हो। पानीमा डुबेको कारको सीसा फोरेर प्रहरीले चार जनालाई बाहिर निकालेको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल लगेकोमा अस्पतालले गए राति नै मृत घोषणा गरेको थियो। शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ। उनीहरू भारतको बिहारका भएको खुले पनि खनाखत परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। 

किशोरकिशोरीले पनि लगाउन थाले कोभिड खोप

कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान आजदेखि सुरु भएको छ। 

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगी किशोर–किशोरीलाई लक्षित गरेर आजबाट फाइजर खोप अभियान सञ्चालन गरेको हो। खोप दिन देशभरका २४ वटा अस्पतालमा केन्द्र तोकिएको छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने नियम राखिएको छ। मंसिर ४ गतेसम्म पहिलो डोज खोप लगाउनेलाई मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दोस्रो डोज दिने तालिका छ ।

विश्वकप उपाधिका लागि आज भिडन्त

आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने भएका छन्। 

दुबईमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु  हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन्। पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन्। जसले जिते पनि यो पटक टी–ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ।


प्रकाशित: Nov 14, 2021| 10:30 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।