काठमाडौं- काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी यात्रुबाहक बसमा आगलागी भएको छ।
त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन्। उनलाई उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।