सोमबार, असोज ५, २०८३

इमरान खानका तीन बहिनी पक्राउ

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका तीन बहिनी पक्राउ परेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफले खानको रिहाइको माग गर्दै आएका अलीमा खान, डा उज्मा खान र नुरिन खानलाई पक्राउ गरी लाहोरस्थित कोट लखपत जेल पठाइएको जनाएको छ।

पीटीआईका प्रवक्ता जुल्फी बुखारीले पञ्जाब प्रहरीले अलीमा खानको घरमा छापा मारेर उनका अन्य दुई बहिनी, भान्जा–भान्जी तथा बालबालिकालाई समेत नियन्त्रणमा लिएको दाबी गरेका छन्। पार्टीका सूचना सचिव शेख वकास अक्रमका अनुसार बालबालिकालाई भने पछि रिहा गरिएको थियो।

लाहोरका उपआयुक्त मोहम्मद अली इजाजले सार्वजनिक व्यवस्था कायम राख्ने कानुनअन्तर्गत तीनै जनालाई ३० दिन हिरासतमा राख्ने छुट्टाछुट्टै आदेश जारी गरेका थिए। अलीमा खान आइतबार तथा डा उज्मा खान र नुरिन खान सोमबार पक्राउ परेका थिए।

पीटीआईले इमरान खानको रिहाइको माग गर्दै सेप्टेम्बर २७ मा ठूलो प्रदर्शन गर्ने घोषणा गरेको छ। पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले भने उक्त प्रदर्शनलाई गैरकानुनी भन्दै सडक अवरुद्ध गर्न र जनजीवन प्रभावित पार्न नदिइने बताएका छन्।

इमरान खान सन् २०२३ देखि जेलमा छन्। उनी र उनकी पत्नीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो, जसलाई दुवैले अस्वीकार गर्दै आएका छन्। खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए।

प्रकाशित: Sep 21, 2026| 18:07 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्