शुक्रबार, भदौ ५, २०८३

माधव नेपालको नेतृत्वमा कम्युनिस्ट एकता हुन्छ : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) नेता एंव सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टीहरुको एकता हुने बताएका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

बुटवल- नेकपा (एकीकृत समाजवादी) नेता एंव सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टीहरुको एकता हुने बताएका छन्। उनले केपी ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकीकृत नेपालका कम्युनिस्ट पार्टीहरुको एकताको केन्द्र बन्ने दावी गरे।

नेकपा (एकीकृत समाजवादी) को देवदह नगर कमिटि रुपन्देहीको प्रथम भेलालाई शनिबार सम्बोधन गर्दै उनले आफूहरु शक्तिका रुपमा उदाउने बताए। ‘ओलीसँग विद्रोह गरेर मात्रै बनेको पार्टी होईन, यो कम्युनिस्ट पार्टीहरुको एकता गर्ने पार्टी हो,’ उनले भने।

उनले ओलीकै कारण एमालेमा व्यक्तिवादी प्रवृत्ति मौलाएको आरोप लगाउँदै चुनावसम्म गठबन्धन कायम रहदा एमाले देशैभर पराजित हुने बताए। नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले ओली नेतृत्वको एमाले ऐजेन्डाविहिन बनेको टिप्पणी गरे।

केपी ओलीले सांसद भंग गरेर नेपालको संबिधान नै समाप्त पार्न खोजेको उनको आरोप छ। उनले आगामी निर्वाचनमा समाजवादीका बारेमा अनेक टिप्पणी भइरहेको उल्लेख गर्दै उनले त्यसको परिणाम निर्वाचनले देखाउने बताए।

‘ओली जी जुनठाउँबाट उठ्नुभएको थियो, त्यहाँ १४ हजार गाई चिन्हले भोट हालेका थिए,’ उनले भने। नेता चौधरीले झापाको निर्वाचन क्षेत्रका बारेमा जानकारी राख्न समेत ओलीलाई सुझाए  उनले आफूहरु देशैभर कम्युनिस्ट विचार र आदर्श अनुसार पार्टीलाई अघि बढाउने अभियानमा सामेल भएको बताए।

'एकीकृत समाजवादी अहिले फुटेर केही हुँदैन ६ महिना पछि फेरि एमालेमा बिलिन हुन्छ भनेर भ्रम फैलाएको भन्दै त्यस्तो भ्रममा नलाग्न समेत कार्यकर्तालाई आग्रह गरे। 

प्रकाशित: Nov 13, 2021| 21:00 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...