शुक्रबार, भदौ ५, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

पार्टीको आसन्न १४औं महाधिवेशनका लागि आवश्यक प्रक्रियाका विषयमा बैठकमा छलफल हुने बताइएको छ। केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने, महाधिवेशनका लागि आवश्यक समितिहरु गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने बताइएको छ। 

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार बूढानीलकण्ठमै कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको थियो। पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको थियो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंसिर २४–२७ मा १४औं महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ। 

प्रकाशित: Nov 14, 2021| 06:50 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...