शुक्रबार, भदौ ५, २०८३

बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलित नेपाल बार एसोसिएशनले आज सर्वोच्च अदालतका दुवै गेटमा धर्ना दिने भएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलित नेपाल बार एसोसिएशनले आज सर्वोच्च अदालतका दुवै गेटमा धर्ना दिने भएको छ।

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहान १० बजे अघिदेखि नै अदालत परिसरमा धर्ना दिने जनाएको हो।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिने तयारी गरेको छ। शुक्रबार भएको धर्नामा तनावको अवस्थासमेत सिर्जना भएको थियो। 

जबराको राजीनामा माग गर्दै धर्नामा बसेका पदाधिकारीमाथि बिहीबार पनि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनमा महासचिव लीलामणि पौडेलले जानकारी दिएका छन्।

प्रकाशित: Nov 14, 2021| 09:24 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...