अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा...
नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
एमसीसी पारित गर्नुपर्ने पक्षमा अडान राख्दै आएको सत्ताको नेतृत्वकारी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने दलहरुलाई दोहोरो चरित्र त्याग्न आग्रह गरेका छन्।
अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ।
आइतबार काठमाडौं नयाँ बानेश्वरस्थित संसद भवनमा एमसीसी टेबल भइरहँदा सडकमा लाठी, ढुंगा र रबरको गोली चलिरहेको थियो। दिनभरिको प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त हुनु त सामान्य नै भयो। नयाँ बानेश्वर क्षेत्र...
नेपालका लागि आउने कुनै पनि प्रकारको सहयोगको स्वीकार वा अस्वीकार सार्वभौम संसद्ले मात्रै गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो बताएको हो।
प्रहरीको बल प्रयोगबाट अखिल क्रान्तिकारीका करिब एक दर्जन नेता/कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा नेताहरू केशव रावल, समीर लुईटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत छन्।