शुक्रबार, असार १२, २०८३

नमोबुद्धबाट ६ जुवाडे पक्राउ

नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

काठमाडौं- नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। 

National life

स्थानीय गोपाल कुइँकेलको खाली अवस्थामा रहेको घरमा अवैधरूपमा बाजी थापी हारजित हुनेगरी जुवातास खेल्ने खेलाउने भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारबाट शनिबार राति खटिएको टोलीले उक्त घरमा तास खेलीरहेको अवस्थामा नगदसहित छ जनालाई पक्राउ गरिएको जिप्रका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–३ का ४० वर्षीय अर्जुन तामाङ तथा सोही नपा–११ निवासी ५५ वर्षका लक्ष्मणप्रसाद थपलिया, पनौती नपा–१२ का ३० वर्षीय राजकुमार न्यौपाने, रौतहटको बोधिमाई नपा–२ का ३२ वर्षीय सञ्जीव जैसवाल, दोलखाको बैतेश्वर नपा–४ का ३० वर्षीय जगदीश दियाली र सर्लाहीको ईश्वरपुर गाउँपालिका–५ का ४२ वर्षीय हरिबहादुर रोक्का रहेका छन्। 

खालबाट रु दुई लाख ८८ हजार ३० नगद तथा नखोलेको १६ बट्टा तास र खोलिएको तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकालाई मुलुकी फौजदारी संहिता–२०७४को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा मुद्दा चलाइनेछ। 

प्रकाशित: Feb 20, 2022| 20:20 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।